
काठमाडौं । चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले आगामी आर्थिक वर्षको बजेट विकासमुखी र केही महत्वकांक्षी भएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शनिबार काठमाडौंमा आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले बजेट लगानी प्रवर्द्धन गर्ने खालको आएको बताए । आईटी र प्रविधिलाई ध्यानमा राखिएकोमा उनले खुसी व्यक्त गरे ।
तीन प्रतिशत ब्याजमा युवालाई २० लाख रुपैयाँसम्म ऋण दिने नीति स्वागतयोग्य भएको उनले बताए । यो नीतिले विदेशिने युवाको संख्यामा कमी हुने विश्वास लिइएको उनको भनाइ छ ।
पर्यटन क्षेत्रका लागि पनि बजेट राम्रो देखिएको उनले बताए । उनले चालु कर्जा उपलब्ध गरेकाले अर्थतन्त्रमा सुधार हुने विश्वास लिइएको बताए ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार नदीजन्य उत्खननको विषय पनि आएकाले यसमा सजग हुनुपर्ने उनको भनाइ छ ।