site stats
बाह्रखरी :: Baahrakhari
खेल
स्पोर्टिङ निर्देशक– रोनाल्डोसँग सम्झौता नवीकरण गर्न वार्ता भइरहेको छ

काठमाडौं । साउदी प्रो लिग क्लब अल नासरले क्रिस्टियानो रोनाल्डोसँगको सम्झौता नवीकरण गर्न वार्ता भइरहेको जनाएको छ ।

बिहीबार अल नासरका स्पोर्टिङ निर्देशक फर्नान्डो हाइरोले एक पत्रकार सम्मेलनमा क्लब र रोनाल्डोबीच सम्झौता नवीकरण गर्न वार्ता भइरहेको बताएका हुन् । 

Argakhachi Cement Island Ad

“रोनाल्डोको अल नासरसँगको सम्झौता आगामी जुन ३० सम्मको छ । हामी उनीसँग सम्भौता नवीकरण गर्ने प्रयास गर्नेछौँ । हामी उहाँलाई अझै धेरै हाम्रो टिमबाट खेलेको हेर्न चाहन्छौँ । उनीलाई धेरै क्लबले अनुबन्ध गर्न इच्छा देखाएका छन्,” स्पोर्टिङ निर्देशक हाइरोले पत्रकार सम्मेलमा भने, “प्रो लिगमा रोनाल्डोको उपस्थिति राष्ट्रको नै योजना हो ।”

फिफा जुन विन्डोमा रोनाल्डोले अल नासर छोड्ने चर्चा पछिल्लो समय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्राथमिकतासाथ प्रकाशन गरिरहेका छन् ।

यसअघि रोनाल्डोले पनि सामाजिक सञ्जालमा ‘कथाको पाठको अन्त्य भएको’ लेखेका थिए । उनले सामाजिक सञ्जालमा “यो च्याप्टर अन्त्य भएको छ । अनि कथा ? अझै लेखिँदै छ,” लेखेका थिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १४:२२
प्रतिक्रिया दिनुहोस्