site stats
बाह्रखरी :: Baahrakhari
खेल
राष्ट्रपतिसँग सदस्य–सचिव घिसिङको भेट
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले भेट गरेका छन् । भेटका अवसरमा राष्ट्रपतिलाई सदस्य–सचिव घिसिङले वर्तमान नेपाली खेलकुदको अवस्था तथा राष्ट्रिय खेलकुद परिषद्ले गरेका काम तथा भावी योजनाबारे जानकारी दिएका छन् ।

भेटका अवसरमा सदस्य–सचिव घिसिङले १५औँ संस्करणको केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटनमा प्रमुख आतिथ्यताका लागि राष्ट्रपतिलाई निमन्त्रणा दिएका हुन् ।

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औँ संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौंमा हुँदै छ । खेल प्रतिभाको खोजीको मुख्य आधार रहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  २०:४९
प्रतिक्रिया दिनुहोस्