site stats
बाह्रखरी :: Baahrakhari
देश
बैतडीमा दुईजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

बैतडी । बैतडीमा शनिबार (जेठ १७) छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ । भीरबाट लडेर एकजनाको मृत्यु भएको हो । ट्रकको ठक्करबाट अर्का एकजनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

भीरबाट लडेर दशरथचन्द नगरपालिका–६, टाककी ७० वर्षीया धनपती नाथ र ट्रकको ठक्करबाट सुर्नया गाउँपालिका–५, विष्टपालीका ८१ वर्षीय महावीर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूले जानकारी दिए ।

Argakhachi Cement Island Ad

घरनजिकैको जंगलमा घाँस काट्न गएकी नाथ लडेर गम्भीर घाइते भएकी थिइन् । जिल्ला अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

यस्तै, धनगढीबाट विष्टपालीतर्फ आउँदै गरेको सु.प.प्र.०१–००१ क १८१३ नम्बरको मिनिटाटाले बाटोमा हिँडिरहेका विष्टलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका निम्ति धनगढीतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  २१:२६
प्रतिक्रिया दिनुहोस्