खेल

काठमाडौं । एन्फा यू–१६ युथ लिग आगामी असार २० गतेदेखि सुरु हुने भएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले शीर्ष डिभिजन क्लबहरूसँगको छलफलबाट लिग सुरु गर्ने निर्णय गरिएको जनाएको हो ।
एन्फाका अनुसार, सातदोबाटोमा सम्पन्न भएको छलफलबाट सहभागी प्रत्येक क्लबलाई तयारी खर्चस्वरूप तीन लाख ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय भएकोे छ । प्रतियोगिताको तालिका असार १६ गते सार्वजनिक गरिनेछ ।
प्रतियोगितामा सहभागी क्लबहरूले खेलाडी दर्ताका क्रममा अनिवार्य रूपमा परिचयपत्र पनि पेस गर्नुपर्ने बताइएको छ । क्लबहरूले न्यूनतम खेलाडीहरू असार १५ गतेसम्म अनिवार्य रूपमा दर्ता गरिसक्नुपर्ने जनाइएको छ । त्यसैगरी क्लब दर्ता असार ५ गतेसम्म गर्नुपर्नेछ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२ १८:०७
प्रतिक्रिया दिनुहोस्