अर्थ व्यवसाय
अन्तर्राष्ट्रिय पदक विजेता तथा विजेताका छोराछोरीलाई छात्रवृत्ति दिइने

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय पदक विजेता तथा विजेता खेलाडीका सन्ततिलाई शैक्षिक छात्रवृत्ति दिने भएको छ ।
आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भने, “अन्तर्राष्ट्रिय खेलकुदमा पदक जितेका नेपाली खेलाडीलाई प्रोत्साहन गरिनेछ । यस्ता खेलाडी र खेलाडीका सन्ततिहरूलाई शैक्षिक छात्रवृत्ति प्रदान गरिनेछ,” अर्थमन्त्री पौडेलले भने ।
सरकारले आर्थिक वर्ष ०८२/०८३ मा युवा तथा खेलकुदतर्फ ६ अर्ब आठ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १७:२५
प्रतिक्रिया दिनुहोस्