site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कृषि र औजार कारखाना नहुँदासम्म कसरी विकास हुन्छ ?

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्र आर्थिक क्षेत्रको ठूलो हिस्सा भएकाले बजेटबाट उत्साहित हुनु आफैँमा सकारात्मक पक्ष भएको बताएका छन् । 

शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले बजेटका केही नीतिगत कुराहरु राम्रो भए पनि साररुपमा आलोचना आवश्यक रहेको बताए ।

उनले केही सुझाव र आलोचना स्वभाविक नै भएको बताए । संरचना, अर्थतन्त्र विस्तारलगायत विषयहरू विगतको निरन्तरता भए पनि सकारात्मक कुरालाई नकार्न भने नसकिने उनले बताए । 

Argakhachi Cement Island Ad

सरकारले आर्थिक वृद्धिदर र जनताको जीवनमा पर्ने प्रभावका विषयमा पनि ध्यान दिनुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे ।  

उनले आफ्नो लक्ष्य हासिल गर्न सफल हुनेतर्फ ध्यान दिनु पर्ने सरकारको आवश्यकता रहेको उनले उल्लेख गरे । निर्यातभन्दा आयात १० गुणा बढी रहेको अवस्थामा देशलाई बदल्नका लागि र सन्तुलन कायम गर्न पनि सरकारले ध्यान दिनु पर्ने आवश्यकता रहेको उनले बताए ।  

नेपालमा फलाम उद्योग बढेर ३७ वटा पुगेकोले ती आयोजनाका लागि कति कच्चा पदार्थ कति आयो र कम्पनी खोलेर प्रसोधन खुले भन्ने विषयमा पनि ध्यान दिनु पर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

“निजी क्षेत्रलाई उत्पादनमा लाग्नका लागि यो बजेटले के गरेको छ भन्ने कुरा महत्वपूर्ण हो । स्रोतसाधान र कृषकसँग जोडिने कुरा यो बजेटमा कतै पनि देखिएन । नेपालको अहिलेको आर्थिक प्रणाली जुन रुपमा रहेको छ यसमा पुर्नसंरचना आवश्यक छ,” उनले भने, “यो निकै महत्वपूर्ण कुरा हो । ठूला दुई दल मिलेर बनेको शक्तिशाली अर्थमन्त्रीले गर्नु पर्नेथियो ।” 

बजेट यथार्थपरक रहेको उनको भनाइ छ । 

यो बजेटमा किसानको प्रतिनिधित्व गर्ने कार्यक्रम हुनुपर्ने भए पनि त्यसो हुन नसकेको उनले उल्लेख गरे । “कृषिमा आधुनिकीकरण र औजार कारखानाको कुरा नहुँदासम्म कसरी विकास हुन्छ ?,” उनको प्रश्न छ, “किसानसँग जोडिएको औद्योगिक नीति आवश्यक हुन्छ । बजारीकरणका कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ ।” 

नेपालको विकासको लागि मुख्य क्षेत्र नै कृषि रहेको र त्यसपछि पर्यटन र जलविद्युत् रहेका उनको भनाइ छ । 

विजुली र जनशक्ति बिक्री गरेर देश अघि बढ्न नसक्ने भएकाले यसलाई कम गर्न लाग्नुपर्ने उनको भनाइ छ ।
 

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १२:३७
प्रतिक्रिया दिनुहोस्