site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
टाटा मोटर्सले बुझायो तीन खर्ब ८८ अर्ब भारु कर

काठमाडौं । भारतको गाडी उत्पादक टाटा मोटर्स लिमिटेडले एक वर्षमा ३ खर्ब ८८ अर्ब ९२ करोड भारु कर बुझाएको छ ।

आर्थिक वर्ष २०२४/२५ मा टाटाले विश्वव्यापी रूपमा कर र अन्य योगदानमा ३ खर्ब ८८ अर्ब ९२ करोड भारु भुक्तानी गरेको जनाएको छ । 

Argakhachi Cement Island Ad

जुन आर्थिक वर्ष २०२४मा भन्दा एक प्रतिशत कम हो । कर पारदर्शिता प्रतिवेदनअनुसार कर्पोरेट आयकर, अधिभार र उपकरसहित प्रत्यक्ष योगदान गत आर्थिक वर्ष २ खर्ब ५७ अर्ब ६६ करोड रहेको छ । आर्थिक वर्ष २०२३/२४ आर्थिक वर्षमा २ खर्ब ९१ अर्ब ९९ करोड भारु थियो ।

 

आर्थिक वर्ष २०२५ मा कर्मचारीको तलब करबाट संकलन गरिएको रोक्का करसहितको अप्रत्यक्ष योगदान १ खर्ब २१ अर्ब ८९ करोड भारु रहेको छ । जुन आर्थिक वर्ष २०२३/२४ मा ९२ अर्ब ८४ करोड भारुको तुलनामा ३१ प्रतिशतले वृद्धि हो । २०२३/२४ आर्थिक वर्षमा ८ अर्ब ६१ करोड भारु थियो ।

२०२४/२५ आर्थिक वर्षमा टाटाको कन्सोलोटिडेटेड खुद नाफा २  खर्ब ८१ अर्ब ४९ करोड भारु थियो । जुन अघिल्लो आर्थिक वर्षमा ३ खर्ब १८ अर्ब ७ करोड भारु थियो ।  

आर्थिक वर्ष २०२५ मा कुल आम्दानी ४३ खर्ब ९६ अर्ब ९५ करोड भारु थियो, जुन आर्थिक वर्ष २०२४ मा ४३ खर्ब ४० अर्ब १६ करोड भारु थियो ।

कर्मचारी पेन्सन योजनाको प्रावधानसहित अन्य योगदान गत आर्थिक वर्षमा ९ अर्ब ३७ करोड भारु रहेको थियो । 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १३:३५
प्रतिक्रिया दिनुहोस्