-1748264614.jpg)
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको उत्तरढोकास्थित लोमस डिजिटल प्रा.लि.बीच छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डवाहक, प्रिभिलेज कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूलाई ह्वर्लपुल प्रडक्टस् र किचेन एआईडी प्रडक्टस्मा छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।
सिटिजन्स बैंक लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटीएम, तीन विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ ।