site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले यती एयरलाइन्ससँगको सहकार्यमा बैंकका ग्राहकहरूलाई हवाई यात्रा गर्दा विभिन्न सेवा सुविधासहित ‘ग्लोबल स्काई क्लब कार्ड’ शुभारम्भ गरेको छ । 

काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले संयुक्त रूपमा उक्त कार्डको शुभारम्भ गरेका हुन् ।

ग्लोबल स्काई क्लब कार्डवाहकहरूले यती एयरलाइन्सको हरेक हवाई टिकट खरिदमा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छुट पाउने बताइएको छ । यो कार्डबाट पहिलो टिकट खरिदमा क्यासब्याक स्वरुप निःशुल्क टिकट पाइने बैंकले जानकारी दिएको छ ।

Argakhachi Cement Island Ad

यसका साथै, ग्लोबल स्काई क्लब कार्ड लिँदा १०० प्वाइन्ट वोनस प्राप्त हुनेछ । वोनस प्वाइन्ट विभिन्न छुट तथा सुविधाहरूको लागि प्रयोग गर्न सकिनेछ ।

ग्लोबल स्काई क्लब कार्डमार्फत पोस वा ई–कमबाट हुने कारोबारमा पनि प्रत्येक १०० रुपैयाँ बराबर एक माइलेज प्वाइन्ट प्राप्त हुने बताइएको छ ।  

कार्डवाहक ग्राहकहरूले चेक–इन र बोर्डिङमा प्राथमिकताका साथै यात्रामा सामानको निर्धारित तौलभन्दा थप पाँच केजी तौल लैजाने सुविधा पनि पाउने छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले ग्लोबल आइएमई बैंक र यती एयरलाइन्सबीचको यस सहकार्यले डिजिटल कारोबार र ग्राहकमैत्री सेवा विस्तारमा सहयोग पुग्ने बताए ।

त्यसैगरी, यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सापकोटाले ग्लोबल आइएमई बैंकसँगको यस सहकार्यबाट बैंक र एयरलाइन्स दुवैका ग्राहक तथा सेवाग्राहीलाई सुविधा पुग्ने बताए ।

ग्लोबल आइएमई बैंकले ३५४ शाखा कार्यालय, ३८५ एटीएम, २०२ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।  

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १८:२१
प्रतिक्रिया दिनुहोस्