
काठमाडौं । चलचित्र ‘आ बाट आमा’मा अभिनेत्री विपना थापा अनुबन्ध भएकी छन् ।
‘ह्रस्वदीर्घ’मार्फत १६ वर्षपछि नेपाली रजतपटमा पुनरागमन गरेकी अभिनेत्री थापा चलचित्र ‘आ बाट आमा’को मुख्य भूमिकामा अनुबन्धित भएकी हुन् ।
यो चलचित्रलाई चन्द्र पन्तले निर्देशन गर्दै छन् । निर्देशक पन्तले सिनेमाले आमा र सन्तानबीचको गहिरो कथा भन्ने बताएका छन् ।
चलचित्र भदौदेखि छायांकनमा जानेछ । यसअघि अभिनेत्री थापाले ‘ह्रस्व दीर्घ’मा मेयरको भूमिकामा निवार्ह गरेकी थिइन् ।
अभिमन्यू निरवीले स्क्रिप्ट लेखिरहेको यस चलचित्रको थिम पोष्टर केही दिनअघि सार्वजनिक भएको थियो । जहाँ आमाको आँखाबाट खस्न लागेको आँसुलाई बच्चाको हातले अड्याउने कोसिस गरेको थियो ।
निर्देशक पन्तका अनुसार यो चलचित्र आगामी फागुन १५ गतेबाट प्रदर्शनमा आउनेछ ।