site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अहमदाबाद विमान दुर्घटना : दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदाबाद । भारतको अहमदाबाद सहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीका वरिष्ठ सहयोगी पिके मिश्रले जहाज दुर्घटनापूर्वको जहाजभित्रको जानकारी राख्ने दुवै ‘ब्ल्याक बक्स’ भेटिएको पुष्टि गरे ।  यसअघि गत शुक्रबार पहिलो ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको थियो । 

अहमदाबादबाट बेलायतको लण्डनतर्फ जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान बिहीबार मध्याह्न करिब १०० मिटर (३३० फिट)को उचाइमा रहँदा दुर्घटनाग्रस्त भएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विमानमा चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार थिए । एक व्यक्ति चमत्कारिक रूपमा दुर्घटनाग्रस्त विमानमा बाँच्न सफल भएका थिए । 

प्रहरी उपप्रमुख कानन देसाईले हालसम्म २७९ जनाको शव गणना गरिएको र ४७ जनाको शव पहिचान गरिएको छ । विमान दुर्घटना भएको घटनास्थलमा कम्तीमा ३७ जना गैरयात्रीको मृत्यु भएको जानकारी दिए । मृतकहरूको औपचारिक संख्या मृत शरीरको डिएनए परीक्षणपछि मात्र घोषणा गर्न सकिने प्रशासनले जनाएको छ । रासस/एएफपी

 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  २३:०६
प्रतिक्रिया दिनुहोस्