site stats
बाह्रखरी :: Baahrakhari
देश
जब गस्तीमा हिँडेका एसएसपीलाई नै शंका लाग्यो...

काठमाडौं । विभिन्न प्रकारका लागूऔषधसहित काठमाडौं प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट पञ्चकन्या गाउँपालिका–२ का २६ वर्षीय राजु मिजार र सोही ठाउँका २४ वर्षीय मीना मगर छन् ।
उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गएराति कुलेश्वरबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहोराका अनुसार उनीरुहको साथबाट ट्रामाडोल ८२ हजार ९०० क्याप्सुल ६५ हजार रुपैयाँ नगद बरामद गरेको छ । उनीहरुले भारतीय नम्बर युपी ७८सीबी९८३५ नम्बरको कारसमेत बरामद गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एसपी बोहोराका अनुसार उक्त कारभित्र खाली अक्सिजन सिलिन्डरभित्र लागूऔषध लुकाएको अवस्थामा फेला परेको हो ।  पक्राउ परेका मिजार यसअघि पनि लागूऔषध कारोबार कसुरमा पक्राउ परेको खुलेको छ ।

मिजार २०७८ मा लागूऔषध नियन्त्रण ब्युरो, २०८१ असारमा प्रहरी वृत्त जगाती भक्तपुर र थानकोट प्रहरीले समेत लागूऔषध सहित पक्राउ गरेको थियो । पक्राउ परेका मिजार अदालतबाट धरौटीमा छुट्ने र पुनः लागूऔषध कारोबारमा सलंग्न हुने गरेको खुलेको हो ।

गस्तीमा रहेको काठमाडौं प्रहरीका प्रमुख एसएसपी विश्व अधिकारीको टोलीले नै शंकास्पद गाडीको जाँच गर्दा लागूऔषध फेला पारेको हो । 
 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १८:३४
प्रतिक्रिया दिनुहोस्