site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस सांसद कम देखिएपछि राप्रपाले सोध्यो– गभर्नर खोज्न जानुभयो कि प्रधानमन्त्री ?
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले नेपाली कांग्रेसका सांसदको उपस्थिति संसद्‌मा कम रहेको विषयमा प्रश्न उठाएकी छन् । आज प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले ठूलो पार्टी भइसकेपछि संसद्‌मा पनि ठूलै उपस्थिति रहन जरुरी रहेको बताइन् ।

"आज त नेपाली कांग्रेसका माननीयज्यूहरू त सात–आठ जनादेखि बढ्ता त देखिँदैन नि ! उहाँहरू कता जानुभयो ? गभर्नर खोज्न जानुभयो कि प्रधानमन्त्री खोज्न जानुभयो ? तपाईंहरू एकदमै कम संख्यामा हुनुहुन्छ, ठूलो पार्टी भएको भएर मलाई त शंका लागेको छ," उनले भनिन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १२:४२
प्रतिक्रिया दिनुहोस्