राजनीति
-1749637755.jpg)
काठमाडौं । प्रतिनिधिसभा बैठकको समय परिवर्तन गरिएको छ । मंगलबार आधा घण्टापछि बस्ने गरी दिनको २:१५ बजे स्थगित गरिएको बैठक दिउँसो ४:३० बजेलाई सारिएको हो ।
विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम बैठकको समय परिवर्तन गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असार ३, २०८२ १६:१२
प्रतिक्रिया दिनुहोस्