site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसभित्र उकुसमुकुस र असन्तुष्टि छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसमा उकुसमुकुसको अवस्था रहेको बताएका छन् । सोमबार काठमाडौंमा सुवास घिमिरेले लेखेको बीपी कोइरालाको जीवन कथामा आधारित पुस्तक सान्दाजुको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले कांग्रेसभित्र हाल उकुसमुकुस, गुनासो, असन्तुष्टि र छटपटाहट रहेको जिकिर गरे । तर, सँगै कांग्रेसमा एउटा अवसर पनि रहेको स्पष्ट पारे । कांग्रेस अहिले संघ, प्रदेश र स्थानीय तहको सरकारमा रहेको र अब बन्ने प्रधानमन्त्री पनि कांग्रेसकै रहने उनले दाबी गरे । अब गभर्नर पनि कांग्रेसकै भागमा रहेको बेलामा पनि कांग्रेसीजनमा खुसी नरहेको बताए । 

"अब हाम्रो जेनेरेसनको साथीहरूले एउटा संकल्प गर्ने बेला आएको छ । नेपाली कांग्रेस पार्टीभित्र अहिले एउटा खालको उकुसमुकुस छ । उकुसमुकुस छ, गुनासो छ, असन्तुष्टि छ, एउटा छटपटाहट देखिन्छ । तर म एउटा अवसर पनि छ भनिरहेको छु," उनले भने । 

महामन्त्री थापाले कांग्रेस नेपालको राष्ट्रिय शक्ति भएको उल्लेख गरे । उनले नेपाल बन्दैन भन्ने भाष्यप्रति चिन्तित हुनुपर्ने बताए । 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १७:०५
प्रतिक्रिया दिनुहोस्