
काठमाडौं । नायिका दिव्या रायमाझीले नेपाली चलचित्र ‘राम नाम सत्य’मा अभिनय गर्ने भएकी छन् । ‘राम नाम सत्य’मा अनुबन्ध हुँदा दिव्याले एक्सन नायक विराज भट्ट र सुशील श्रेष्ठसँग सहकार्य गर्नेछिन् ।
‘राम नाम सत्य’लाई माइकल चन्दले निर्देशन गर्दैछन् । चलचित्र साइन गरेपछि दिव्याले भनिन्, “यो फिल्मको कथा राम्रो छ । मेरो भूमिका पनि निकै मन पर्यो । त्यसैले काम गर्न तयार भएकी हुँ ।”
एक्सन नायकहरूसँग काम गर्न पाउँदा आफू उत्साहित रहेको दिव्याले बताइन् । ‘राम नाम सत्य’को छायांकन साउनबाट सुरु हुँदै छ ।
माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा तयार हुन लागेको चलचित्रमा माइकल चन्दकै लेखन छ । उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङ चलचित्रका निर्माता हुन् ।
चलचित्रमा डाक्टर डीआर उपाध्याय र नरेन्द्र शाह कार्यकारी निर्माताको रूपमा छन् । अर्जुन पोखरेल र वावुल गिरीको संगीत रहने चलचित्रमा सुशन प्रजापतिको छायांकन रहनेछ ।