site stats
बाह्रखरी :: Baahrakhari
खेल
हिमालयन जाभा बास्केटबल लिग : रोयल्सको दोस्रो जित

काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल)मा रोयल्सले दोस्रो जित हासिल गरेको छ । लिगअन्तर्गत आइतबार कीर्तिपुर कभर्ड हलमा भएको खेलमा रोयल्सले सामाखुसी युवा क्लबलाई ९३–८३ ले पराजित गरेको हो ।

दोस्रो जितपछि रोएल्सले चार खेलबाट ६ अंक जोडेको छ । सामाखुसीको भने यो लगातार चौथो हार हो ।

रोयल्सका प्रसाङध्वज मास्केले सर्वाधिक २८ अंक स्कोर गरे । उनी ‘मोस्ट भ्यालुएबल प्लेअर’ घोषित भए । सामाखुसीका विक्रम डंगोलले २० अंक स्कोर गरे ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  २२:५६
प्रतिक्रिया दिनुहोस्