खेल

काठमाडौं । बाह्रखरीकर्मी हरिशजंग क्षेत्री सम्मानित भएका छन् । काठमाडौंको टोखा नगरपालिकाको वसुन्धारामा आयोजित ‘दोस्रो एसकेबीसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो च्याम्पियनसिपमा २०८२’ मा बाह्रखरी डटकमका फोटो पत्रकार क्षेत्रीलाई सम्मान गरिएको हो ।
लामो समयदेखि खेलकुद र सञ्चारमाध्यममा आबद्ध भएर कर्म गरिरहेका क्षेत्रीलाई तेक्वान्दो साथै समग्र खेलकुदको विकासमा योगदान पुर्याएकाले सम्मान गरिएको एसकेबीसी तेक्वान्दो डोजाङका मुख्य प्रशिक्षक रञ्जित डंगौराले बताए ।
उक्त च्याम्पियनसिपको समापनक्रममा क्षेत्रीलाई सम्मान गरिएको हो । क्षेत्रीलाई टोखा नगरपालिका–५ का वडाध्यक्ष मदन गुरुङसहितले सम्मान गरेका थिए ।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२ २३:१९
प्रतिक्रिया दिनुहोस्