site stats
बाह्रखरी :: Baahrakhari
खेल
बंगलादेश फाइनलमा, नेपालको यात्रामा पूर्णविराम

काठमाडौं । पहिलो सेमिफाइनलमा बंगलादेशसँग २–१ ले पराजित भएसँगै साफ यू–१९ च्याम्पियनसिपमा नेपालको यात्रा टुंगिएको छ । 

शुक्रबार भारतको अरुणाचल प्रदेशमा सम्पन्न खेलमा बंगलादेशलाई जित दिलाउन आसिकुर रहमान र कप्तान नज्मुल हुडा फैसलले गोल गरे । नेपालका सुजल ढंगोलले एक गोल फर्काए पनि नेपालको हार टार्न सकेनन् । खेलमा तीनै गोल दोस्रो हाफमा भएको हो ।

७३औँ मिनेटमा आसिकुरको गोलमा बंगलादेशले अग्रता बनाएको थियो । त्यसको सात मिनेटपछि कप्तान फैसलले बंगलादेशको अग्रता दोब्बर बनाए । 

खेलको निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा सुजनले एक गोल फर्काए पनि नेपालको हार टार्न सकेनन् । 

योसँगै बंगलादेशले फाइनलमा स्थान बनाउँदा नेपाल भने प्रतियोगिताबाट बाहिरिएको छ । बंगलादेश प्रतियोगिताको साविक विजेता समेत हो ।

यसअघि नेपालले समूह चरणको खेलमा श्रीलंकालाई ५–० ले हराउँदा भारतसँग भने ४–० को हार बेहोरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १७:४६
प्रतिक्रिया दिनुहोस्