-1715760483.jpg)
काठमाडौं । नेपाल तरुण दलको केन्द्रीय तदर्थ समिति विघटनको माग गर्दै तरुण दलमा आबद्ध युवाहरूले मोटरसाइकल र्यालीसहित काठमाडौंमा प्रदर्शन गरेका छन् ।
अब तरुण दलको महाधिवेशन हुन नसक्ने ठहर गर्दै तदर्थ समितिको म्याद नथप्न नेतृत्वलाई ध्यानाकर्षण गराउने उद्देश्यका साथ उनीहरूले काठमाडौंका विभिन्न स्थानबाट कांग्रेस पार्टी कार्यालयसम्म मोटरसाइकल र्याली निकालेका हुन् ।
नौ वर्षसम्म भ्रातृ संगठन तदर्थवादको नाममा रहनुले सिंगो संगठन कमजोर बनिरहेको तरुण दलका केन्द्रीय सदस्य रोजन राईले बताए । ०७३ सालमा पोखरामा भएको महाधिवेशनपछि तरुण दलको महाधिवेशन भएको छैन ।
पछिल्लो तदर्थ समिति गठन भएको पनि तीन वर्ष भइसकेको छ । उक्त समिति महाधिवेशन गर्नेतर्फ उन्मुख नभएको भन्दै उनीहरूले अब म्याद नथप्न दबाब दिएका हुन् । हिमालयन टेलिभ्वाइस