site stats
बाह्रखरी :: Baahrakhari
देश
संखुवासभामा चट्याङ लागेर एकजनाको मृत्यु, तीन घाइते
प्रतीकात्मक तस्बिर ।

किमाथांका (संखुवासभा) । संखुवासभाको चैनपुर नगरपालिका–८, मानेडाँडामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । बुधबार दिउँसो  चट्याङ लागेर ३१ वर्षीया निर्मला तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिए ।

घरमै बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर तामाङको मृत्यु भएको हो । हावाहुरीसँगै चट्याङ लागेर गम्भीर घाइते भएकी तामाङलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको र उनको त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख श्रेष्ठले बताए ।  

त्यस्तैगरी चट्याङ लागेर १५ वर्षीय प्रतीक तामाङ, ४२ वर्षीया कल्पना तामाङ र १९ वर्षीय रिजन तामाङ गम्भीर घाइते भएका छन् । गम्भीर घाइते तीनैजनाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

निर्मलाको शव प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । जिल्लामा चट्याङ लागेर एक वर्षको अवधिमा पाँचजनाको मृत्यु भइसकेको छ । रासस

 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  २२:४९
प्रतिक्रिया दिनुहोस्