site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अवैध लागुऔषधसहित १० जना पक्राउ
Tiktok banner adTiktok banner ad

काठमाडौं । अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट १० जना पक्राउ परेका छन् । यस क्रममा झापाको मेचीनगर नगरपालिका–६ बाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ६१० मिलिग्राम सहित दुईजनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सोही नगरपालिका–१२ बस्ने २५ वर्षीया सरू राई र २० वर्षीया सुजाता राई रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यसैगरी झापा, गौरीगंज गाउँपालिका–३ दन्तकाली चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब एक ग्राम ४३० मिलिग्रामसहित कमल गाउँपालिका–६ खैरबारी बस्ने २९ वर्षीय हरिचन्द्र कार्कीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय गौरीगन्ज समेतबाट खटिएको प्रहरीले मे५प ३३८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

मोरङ, विराटनगर महानगरपालिका–१६ बैंक रोडबाट नियन्त्रित लागुऔषध लुपिजेसिक १२ एम्पुल, फेनारगन १२ एम्पुल र डाईजेपाम १२ एम्पुल सहित दुईजनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा झापा दमक नगरपालिका–५ बस्ने २८ वर्षीया सानु माझी र २० वर्षीया अनिता माझी रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । 

कास्कीको पोखरा महानगरपालिका–४ रामकृष्ण टोल बस्ने २९ वर्षीय हरी नेपालीलाई अवैध लागुऔषध गाँजा दुई किलो ६ सय ग्रामसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । सीआरभी चिप्लेढुंगाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । 

भोजपुरको भोजपुर नगरपालिका–१२ कोटडाँडा बस्ने २२ वर्षीय सञ्जीव श्रेष्ठलाई नियन्त्रित लागुऔषध ट्रामाडोल एक सय ८२ ट्याब्लेट र स्पास्पेन ७० ट्याब्लेटसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो । 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुनाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम १७० मिलिग्राम सहित सोही नगरपालिका–१२ बस्ने ३८ वर्षीय विजय कालुङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेत र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र. ०२–००१ ज ०६९२ नम्बरको ईभी गाडीमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  

नवलपरासी पश्‍चिमको सरावल गाउँपालिका–६ कुर्थावलस्थित सडकबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ५ हजार २० ट्याब्लेटसहित पाल्हिनन्दन गाउँपालिका–१ रामपुरवा बस्ने २७ वर्षीय हृदेश चमारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्‍चिम र इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ५६ एएच ८८७३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । 

बर्दियाको बारबर्दिया नगरपालिका–६ कोठारपुरस्थित सडकबाट अवैध लागुऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ दुई सय मिलिग्रामसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय बानियाभार र इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १४:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro