site stats
बाह्रखरी :: Baahrakhari
खेल
मिडफिल्डर इमामले क्लब विश्वकपका सम्पूर्ण खेल गुमाउने

काठमाडौं । इजिप्टियन क्लब अल–अह्लीका मिडफिल्डर इमाम असौरले फिफा क्लब विश्वकप–२०२५ का सबै खेल गुमाउने भएका छन् । इमाम शनिबार अमेरिकी क्लब इन्टर मायामीसँग सम्पन्न उद्घाटन खेलमा घाइते भएका थिए । स्वास्थ्य परीक्षणपछि अल अह्लीले आइतबार इमामलाई गम्भीर चोट पुष्टि भएको जनाएको हो । 

“मायामी हस्पिटलमा असौरको स्वास्थ्य परीक्षण गर्दा उनको कोलार बोन भाँचिएको पुष्टि भएको छ । अब उनले बाँकी सम्पूर्ण खेल गुमाउनेछन्,” अल अह्लीका डाक्टर अहमेद गाबालाहले क्लबको सामाजिक सञ्जालमा लेखेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इमामको काँधमा यसअघि सन् २०२४ मा इजिप्टको राष्ट्रिय टोलीमा रहँदा पनि गम्भीर चोट लागेको थियो । 

इजिप्सियन प्रिमियर लिगको सर्वाधिक गोलकर्ता उनी घाइते भएपछि खेलको १४औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए । उनको स्थानमा टोलीका अहमद सायेद मैदान प्रवेश गरेका थिए । उक्त खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।   

 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १७:१५
प्रतिक्रिया दिनुहोस्