site stats
बाह्रखरी :: Baahrakhari
देश
भारतीय नागरिक गिलको कारखानामा ६ महिनादेखि काम गर्दै थिइन् अन्जना, दुवैको हत्या कसरी भयो ?

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठस्थित एक घरमा शंकास्पद शव भेटिएको धादिङको बैरेनीकी २८ वर्षीया अन्जना पाख्रिन ६ महिनादेखि भारतीय नागरिकले सञ्चालन गरेको कारखानामा काम गर्न पुगेको खुलेको छ । शनिबार अन्जनाको शव र प्रेस सञ्चालन गर्दै आएका भारतीय नागरिक परमनारायण गिल दुवैको शव प्रहरीले शंकास्पद अवस्थामा फेला पारेको थियो । 

बूढानीलकण्ठ–४, पासिकोटस्थित एक स्कुलसँगै रहेको साढे दुई तल्ले घरमा पञ्जाव चण्डिगढका ५४ वर्षीय गिलले प्रेस सञ्चालान गर्दै आएका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनकै कारखानामा अन्जना ६ महिनादेखि काम गर्न पुगेकी हुन् । नेपाली महिलासित विवाह गरेकी गिलको श्रीमती भने नेपालबाहिर रहेको खुलेको छ । मृतक अन्जना पनि विवाहित हुन् । अन्जना को श्रीमान् समेत वैदेशिक रोजगारीका लागि दुबई रहेको खुलेको छ । 

काठमाडौं प्रहरीका एसपी अपील बोहोराले घटनाबारे अनुसन्धान थालिएको बताए । उनले भने, ‘‘टाउकोमा गम्भीर चोटका कारण अन्जनाको ज्यान गएको देखिन्छ । उनको शव सोफामाथि ढलेको अवस्थामा फेला परेको थियो । गिलले सस्फास नामक औषधि खाएको देखिन्छ । हामी अनुसन्धान गर्दैछौँ ।’’

अन्जना र गिलसँगै उनको घरको कुकुर समेत मृत फेला परेको छ । प्रहरीले कुकुरको समेत पोष्टमार्टम गर्न टेकु पठाइएको छ । साढे दुई तल्ले पूरै घर भाडामा लिएर बसेका गिलका छोरा–बुहारी भने अर्कै घरमा बस्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले दुवैजनाको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल पुर्‍याएको छ । अनुसन्धानका खटिएका प्रहरी अधिकारीले भने मृत फेला परेका गिलले नै अन्जना को फलामको हम्बरले टाउकोमा प्रहार गरेर हत्यापछि किटनाशक औषधि सल्फास खाएको आशंका गरेको छ । 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १६:१४
प्रतिक्रिया दिनुहोस्