site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महासंघद्वारा तारागाउँ रिजेन्सी होटेल सम्मानित
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासघंले होटेल तथा पर्यटन क्षेत्रतर्फ आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै कर तिर्ने तारागाउँ रिजेन्सी होटेललाई सम्मान गरेको छ ।  महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्षको पूर्वबजेट छलफलका क्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दहाल र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रूपमा तारागाउँ रिजेन्सी होटेललाई सम्मानपत्र प्रदान गरेका हुन् ।

महासंघले गत चैत २८ मा सम्पन्न ५९औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस २०८१ को अवसरमा विभिन्न संस्थालाई सम्मान गर्ने निर्णय थियो । सो सम्मान आइतबार एक कार्यक्रम आयोजना गरी प्रदान गरिएको हो ।

प्राविधिक समितिको सिफारिसका आधारमा महासंघको ५९औँ वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा बढी कर तिर्ने संस्थाहरूलाई सम्मान गरेको हो ।  

पर्यटन क्षेत्रमा सबैभन्दा धेरै कर तिर्ने होटेलका रूपमा यसअघि पनि विभिन्न सम्मान प्राप्त गरिसकेको छ  । होटेलले यसअघि आर्थिक वर्ष २०७१/७२, आव २०७३/७४, आव २०७४/७५, आव २०७५/७६ र आव २०७६/७७ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा सम्मानित भइसकेको छ । होटेललाई सरकारले पर्यटन क्षेत्रमा सबैभन्दा धेरै विदेशी मुद्रा संकलन गरेबापत २०७६ मा सम्मानित गरेको थियो ।

कुल ३०३ कोठाको नेपालकै सबैभन्दा ठूलो उक्त होटेललाई आन्तरिक राजस्व विभागले उतकृष्ट करदाताको रूपमा सम्मान गरेको हो ।

नेपाली कला र शैली झल्काउने गरी तारागाउँ कल्चरल सेन्टरको अवधारणामा निर्माण गरिएको होटेलले दुई दशकभन्दा लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा हाइ इन्ड पर्यटकमार्फत महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको छ । होटेलले हाल करिब ३२५ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको कर्पोरेट प्रेसिडेन्ट रानी ब्याङले बताइन् ।

१० वर्षे द्वन्द्व सुरु हुनुअघि परिकल्पना गरी निर्माण सुरु भएको होटेल द्वन्द्व चरमोत्कर्षमा रहेको समय सन् २००० मा सफ्ट ओपनिङ गरी सञ्चालनमा आएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  २०:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro