site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतको साथमा कुनै पनि देश नरहेको पाकिस्तानी रक्षामन्त्रीको दाबी 

काठमाडौं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले इजरायलबाहेक कुनै पनि देश भारतको साथमा नरहेको बताएका छन् ।
 
पाकिस्तानको राष्ट्रियसभालाई सम्बोधन गर्दै उनले पाकिस्तानमाथि हवाई आक्रमण गरेपछि भारतले इजरायलबाहेक कसैको साथ नपाएको दाबी गरेका हुन् ।
 
“विश्वभरका धेरैजसो देशहरू यस मुद्दामा तटस्थ छन्,” पाकिस्तानका रक्षामन्त्री आसिफले भने, “हाम्रा केही मित्रहरू जस्तै चीन, टर्की र अजरबैजान पाकिस्तानको स्पष्ट समर्थनमा अगाडि आएका छन् ।”

उनले संसद्लाई पाकिस्तान सरकार दैनिक रूपमा इरान, यूएई, साउदी अरेबिया, चीन र कतारसँग सम्पर्कमा रहेको जानकारी दिएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १४:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro