site stats
बाह्रखरी :: Baahrakhari
विदेश
आरसीबीको विजय उत्सवमा भागदौड हुँदा ११ जनाको मृत्यु

काठमाडौं । बैंगलुरुको चिन्नास्वामी रंगशाला बाहिर भागदौड हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । 

कर्नाटकका मुख्यमन्त्री सिद्धरामय्याले पत्रकार सम्मेलन गरेर यो जानकारी दिएका हुन् । मुख्यमन्त्रीले यस विषयमा ‘मजिस्ट्रेट अनुसन्धान’को घोषणा गरेका छन् ।

Argakhachi Cement Island Ad

रोयल च्यालेन्जर्स बैंगलुरुको जितको उत्सव मनाउन रंगशाला बाहिर एक लाखभन्दा बढी प्रशंसकहरू भेला भएका थिए । १८ वर्षपछि आईपीएल ट्रफी जितेकोमा युवा, महिला, पुरुष र वृद्धवृद्धाहरू पनि सडकको छेउमा उभिएर आरसीबी टोलीलाई स्वागत गरिरहेका थिए । 

चिन्नास्वामी रंगशालाको गेटमा भागदौड मच्चिँदा रंगशालाको गेट बन्द रहेको र ठूलो संख्यामा आएका समर्थकको भिडले गेटलाई धकेलेर तोड्ने प्रयास गरिरहेको एक वरिष्ठ प्रहरी अधिकारीले बीबीसी हिन्दीलाई जानकारी दिए । 

प्रहरी अधिकारीले पनि भने, “रंगशालावरिपरि धेरै मानिस भेला भएका थिए । करिब एक लाख मानिस आउने अपेक्षा गरिएको थियो, तर संख्या लगभग दुई लाख पुग्यो ।”

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  २१:१३
प्रतिक्रिया दिनुहोस्