site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मध्यअमेरिकी देशका सरकारी अधिकारीलाई अमेरिकाले भिसा प्रतिबन्ध लगाउने

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले केही मध्यअमेरिकी देशका सरकारी अधिकारीमाथि भिसा प्रतिबन्ध लगाएको घोषणा गरका छन् । उनले क्युबाको चिकित्सा मिसन कार्यक्रमसँग जोडिएकाले ती अधिकारीहरूमाथि भिसा प्रतिबन्ध लगाउने निर्णय लिइएको बताएका छन् ।

तर, विदेशमन्त्री रुबियोले ती अधिकारीको नाम वा उनीहरूको देशको नाम उल्लेख गरेनन् । अमेरिकाले क्युबाको चिकित्सा मिसन कार्यक्रममाथि क्युबाका कामदारको जबरजस्ती श्रम र शोषण गर्ने गरेको आरोप लगाउँदै आएको रोयटर्सले जनाएको छ ।

विदेशमन्त्री रुबियोलले एक विज्ञप्तिमा भनेका छन्, “यी कदमहरूले यी शोषणपूर्ण प्रथालाई समर्थन गर्ने र कायम राख्ने व्यक्तिहरूप्रति जवाफदेहिता बढाउँछन् ।”

Argakhachi Cement Island Ad

“क्युबाको श्रम निर्यात कार्यक्रमले त्यसमा भाग लिने सहभागीहरूको शोषण गर्छ, भ्रष्ट क्युबाको शासनलाई धनी बनाउँछ र सामान्य क्युबालीलाई आफ्नै देशमा आवश्यक चिकित्सा सेवाबाट वञ्चित गर्छ,” विदेशमन्त्री अगाडि भनेका छन् ।

क्युबाको विदेश मन्त्रालयले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । क्युबाले दशकौँदेखि यस्ता आरोपहरू अस्वीकार गर्दै आएको छ ।

गत फेब्रुअरीमा रुबियोले क्युबाका अधिकारीहरूमा भिसा प्रतिबन्ध नीति विस्तार गरेका थिए । यो विशेष गरी स्वास्थ्यकर्मीहरूलाई विदेश पठाउने श्रम कार्यक्रमसँग जोडिएका छन् । 

क्युबाको स्वास्थ्य सेवाले विश्वभर डाक्टर र स्वास्थ्यकर्मी पठाएर ठूलो आय गर्छ । सन् १९५९ को कम्युनिस्ट क्रान्तिपछि क्युबाले एकजुटताको नाममा विश्वभर प्राकृतिक प्रकोप र रोग प्रकोपहरूमा सेतो कोटको सेना पठाएको छ । यसले गत दशकमा हाइटीमा हैजा र पश्चिम अफ्रिकामा इबोलासँग लडेको थियो ।

तर, क्युबाले पैसा वा सामानको बदलामा डाक्टरहरू नियमित मिसनमा पनि पठाएको छ, जुन गहिरो आर्थिक संकट भोगिरहेको देशमा कडा मुद्राको महत्त्वपूर्ण स्रोत बनेको छ ।

सन् १९५९ को क्रान्तिमा फिडेल क्यास्ट्रोले सत्ता सम्हालेपछिदेखि अमेरिका र क्युबाको सम्बन्ध तनावपूर्ण छ । त्ययाँ दशकौँदेखि अमेरिकी व्यापार प्रतिबन्ध छ । 

रोयटर्सबाट ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १३:४०
प्रतिक्रिया दिनुहोस्