विदेश

काठमाडौं । भारतको दिल्ली राज्य सरकारले भारतीय सरकारी कर्मचारीहरूलाई अर्को आदेश नआएसम्मका लागि बिदा लिन रोक लगाएको छ ।
सीएनएनका अनुसार भारतीय राज्यनियन्त्रित रेडियोले मे ८ मा सार्वजानिक गरेको सरकारी सूचनामा सो कुरा उल्लेख छ ।
“हालको परिस्थिति र आपतकालीन प्रतिकार्य प्रणालीको तयारीको लागि एनसीटी दिल्ली सरकारका कुनै पनि अधिकारी वा कर्मचारीले अर्को आदेश नआएसम्म छुट्टी नपाउने निर्देशन दिएको छ,” सूचनामा भनिएको छ ।
यो आदेश भारत र पाकिस्तानबीच ठूलो द्वन्द्वको नजिक पुगेको आशंकाको बीचमा आएको हो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२ ०६:३७
प्रतिक्रिया दिनुहोस्