site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतका पाँच जेट विमान र एक ड्रोन खसालेको पाकिस्तानको दाबी
भारत नियन्त्रित कश्मिरमा खसेको अज्ञात विमान । तस्बिर : एएफपी ।

काठमाडौं । पाकिस्तानले भारतीय वायुसेनाका पाँचवटा जेट विमान र एउटा ड्रोन खसालेको दाबी छ । खसालिएका विमानमा फ्रान्समा निर्मित अत्याधुनिक राफेल जेट पनि रहेको पाकिस्तानको दाबी छ ।

भारतीय अधिकारीले अहिलेसम्म कुनै विमान हराएको पुष्टि गरेका छैनन् । सीएनएनले पनि पाकिस्तानको दाबीलाई स्वतन्त्ररूपमा पुष्टि गर्न नसकेको बताएको छ ।

यसैबीच, एक अज्ञात विमान भारत नियन्त्रित कश्मीरमा खसेको छ । एक प्रत्यक्षदर्शी र एक स्थानीय सरकारी अधिकारीका अनुसार, विमान श्रीनगर सहरबाट करिब १९ किलोमिटर दक्षिणपूर्वमा पर्ने वुयान गाउँमा खसेको हो । यो स्थान भारतको कश्मीरको मुख्य सहर श्रीनगर नजिकै पर्छ ।

“हामीले एउटा विमानको आवाज सुन्यौँ र त्यसपछि ठूलो विस्फोट भयो । हामी डराएर घरबाट बाहिर निस्क्यौँ र विमानमा आगो लागेको देख्यौँ । भाग्यवश, कसैलाई चोटपटक लागेको छैन,” स्थानीय अब्दुल राशिदले सीएनएनलाई बताए ।

भारतको श्रीनगरस्थित दमकल कार्यालयका एक अधिकारीले सीएनएनलाई बताएअनुसार एउटा लडाकु विमान वुयानमा रहेको विद्यालयको भवनमा खसेको हो ।

“हाम्रा कर्मचारी अझै घटनास्थलमा छन् र विस्तृत विवरण कुरिरहेका छौँ,” नाम नबताउने सर्तमा ती अधिकारीले भने ।

समाचार संस्था एएफपीले प्रकाशित गरेका तस्बिरमा वुयानको एउटा रातो इँटको भवनको छेउमा विमानको भग्नावशेष देखिएको छ । तर, ती तस्बिरबाट विमान कुन देशको थियो भन्ने स्पष्ट हुन सकेको छैन ।

सीएनएनबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १०:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro