
काठमाडौं । इजरायली सेनाले यमनको राजधानी सानाको अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई आक्रमण गरेको छ । इजरायल रक्षा बल (आईडीएफ)ले यस आक्रमणमा यमनका हुथी विद्रोहीहरूको धेरै लुक्ने ठाउँहरू ध्वस्त पारिएको र विमानस्थल पूर्ण रूपमा बन्द गरिएको दाबी गरेको छ ।
मंगलबारको आक्रमणअघि, आईडीएफले मानिसहरूलाई विमानस्थल खाली गर्न र सो क्षेत्रबाट टाढा सर्न भनेको थियो ।
डिसेम्बरमा पनि इजरायलले साना अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाएको थियो । एक दिनअघि इजरायलले यमनको हुदयदाह सहरमा पनि आक्रमण गरेको थियो ।
इरान समर्थित हुथी विद्रोहीहरूले इजरायलको मुख्य विमानस्थल नजिकै गरेको क्षेप्यास्त्र आक्रमणको जवाफमा यो कारबाही गरिएको हो ।
इजरायलले यसअघि जनवरीमा यमनमा हुथी विद्रोहीहरूविरुद्ध धेरै आक्रमणहरू गरेको थियो, जसमा पावर प्लान्ट र बन्दरगाहहरू पनि समावेश थिए ।
इजरायली सेनाका अनुसार, हुथीहरूले यो विमानस्थललाई हतियार आपूर्ति गर्न प्रयोग गरिरहेका थिए ।