site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किन अलमलिँदैछ ओली– दाहाल वार्ता ? 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच हुने भनिएको निर्णायक वार्ता अपेक्षाकृत रुपमा हुन नसकेको दुवै पार्टीका नेताहरुले बताएका छन् ।

निर्वाचन परिणाम सार्वजनिक भएपछि दुवै पार्टीका नेताहरुबीच पद बाँडफाँटमा सहमति गर्ने तयारी थियो । तर दुवै दलभित्र एकता र सरकारको नेतृत्वका बारेमा सार्वजनिक भइरहेका धारणाका आधारमा वार्ता प्रक्रिया केही अलमलिएको नेताहरुको आकलन छ ।

पार्टी एकता संयोजन समितिको बैठकसमेत यो बीचमा बस्न सकेको छैन । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार आफ्नै निवासमा बसेको केन्द्रीय कार्यालयको बैठकमा नेकपा एमालेसँग भएको अनौपचारिक सहमतिका बारेमा जानकारी गराएका थिए ।

उनले एउटाले सरकारको नेतृत्व गर्ने र अर्कोले पार्टीको भन्ने अनौपचारिक सहमति भएको पुनः स्मरण गराएको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।

त्यही विषयमा छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बुधबार बिहान बालकोटमा भेटवार्ता हुने बताइएको थियो । तर हुन सकेन । दुवै नेताका सचिवालयले दिएको जानकारीअनुसार दिनभरमा जुनसुकै बेला पनि वार्ता हुन सक्छ । तर बुधबार पनि दिनभर वार्ता हुन सकेन ।

दुई नेताबीच वार्ता हुन नसके पनि एकता प्रक्रिया नरोकिने धारणा भने दुवै दलका नेताको सार्वजनिक भइरहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पदको विषयले मात्रै पार्टी एकता नरोकिने बताएका छन् ।

तर एकता प्रक्रिया पनि तीव्र गतिमा अघि बढ्न सकेको छैन ।

“पार्टी एकताबारे हामीमा कुनै विवाद र बिमति छैन । पार्टी एकता संयोजन समितिमा ओलीजी र मलाई शीर्ष नेताको रुपमा राखिएको छ । हामी दुवैबीच उपर्युक्त कार्य विभाजन हुन्छ, त्यसमा कुनै समस्या छैन,” दाहालले बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै भने, “हामीले पुल भत्काएर अघि बढिसकेकाले अब पनि पार्टी एकता हुँदैन कि भनेर शङ्का गर्नु भ्रम मात्र हुन जान्छ । ओलीजीको स्वास्थ्यमा थोरै समस्या आएकाले एक, दुई दिन ढिलो भएको मात्रै हो । छिट्टै हामी बस्छौं, पार्टी एकता संयोजन समितिमा छलफल गर्ने एजेण्डा टुङ्गयाउँछौं र एकताको प्रक्रिया अगाडि बढाउँछौं ।’’

माओवादी केन्द्रका नेताहरुले ओलीको स्वास्थ्यका कारण वार्ता हुन नसकेको बताए पनि ओलीको सचिवालयले भने वार्ताका लागि कुनै समस्या नरहेको जनाएको छ ।

एमाले अध्यक्ष ओलीका प्रेस संयोजनक चेतन अधिकारीले बुधबार बेलुका बाह्रखरीसँग भने, “अध्यक्षज्यूको स्वास्थ्य अवस्था अहिले ठिक छ । भेटवार्ताको लागि कुनै समस्या छैन ।’’

माओवादी केन्द्रका नेताहरुले खुलेरै दुई पदमध्ये एउटा माओवादी केन्द्रले नपाए पार्टी एकता नहुने बताउँदै आएका छन् भने एमालेका नेताहरुले अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति हुने बताउँदै आएका छन् । यसले गर्दा पनि वार्ताले गति लिन नसकेको दुवै पार्टीका नेताहरुको धारणा छ । माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले प्रधानमन्त्री या पार्टी अध्यक्ष एक पद माओवादी केन्द्रले पाउनुपर्ने बताए । उनले भने, “प्रधानमन्त्री या पार्टी अध्यक्ष माओवादी केन्द्रले पाउनुपर्छ । नत्र भने पार्टी एकता हुँदैन ।’’

त्यस्तैगरी माओवादी केन्द्रका नेता मणी थापा पनि ५०/५० को आधारमा पार्टी एकता हुनुपर्ने बताउँछन् । उनी पनि एक पदमध्ये एक माओवादी केन्द्रले पाउनुपर्ने बताउँछन् । “विचार, सिद्धान्त र लिडरसिपको हिसाबले ओली र प्रचण्ड एकै हुन । त्यसैले दुबै अध्यक्षले सम्मानजनक पद पाउनुपर्छ । घटीबढी भन्ने हुँदैन ।’’

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमालेमा त्यागको भावना रहेको बताउँदै पदीय भागबण्डाका आधारमा एकता प्रभावित नहुने बताए ।  नेता नेपालले बुधबार काठमाडौंमा भएको कार्यक्रममा भने, “आवश्यकताअनुसार सबै नेताको व्यवस्थापन गरेर पार्टी एकता गरिन्छ । प्रधानमन्त्रीका लागि कुनै समस्या छैन । दाहाल, ओली, खनाल, बामदेव, नारायणकाजी, बादल सबैको उचित र न्यायसँगत व्यवस्थापन हुन्छ । पदका लागि मारामार गर्ने होइन  । हामी पद छोड्न र दिन तयार छौँ । जनताको जनादेशअनुसार जति सक्दो चाँडो एकता गरेर विकास र समृद्धिको यात्रामा लाग्नुपर्छ ।’’
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २०, २०७४  ०६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro