site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधेसमा पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशमा पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ ।

मधेस प्रदेशसभाको आजको बैठकबाट उक्त विधेयक सर्वसम्मत पारित भएको हो । उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाले विधेयक प्रस्तुत गरेका थिए । मन्त्री मियाले विधेयकका विभिन्न पक्षहरूको चर्चा गर्दै यसले मधेसको पर्यटन क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने र पर्यटकीयस्थलको प्रवर्द्धनमा मद्दत पुग्ने बताए ।

विधेयकमा मधेस प्रदेशको पर्यटकीयस्थललाई विश्वसामु प्रस्तुत गर्न र स्थायीय समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्ने रणनीति समावेश गरिएको उनको भनाइ छ । यसका साथै पर्यटनका लागि नयाँ संरचनात्मक ढाँचा निर्माण, मार्गदर्शन नियमावलीको निर्माण र प्रचारप्रसार कार्यक्रम राखिएको छ ।

बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्रीले प्रदेश बीउविजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरेका थिए । यस विधेयकको उद्देश्य प्रदेशको कृषि क्षेत्रलाई थप समृद्ध बनाउन र कृषकको उत्पादन क्षमता वृद्धि गर्ने रहेको उनको भनाइ थियो । मधेस प्रदेशसभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro