अर्थ व्यवसाय

काठमाडौं । काठमाडौंमा दुईदिने अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न भएको छ । जापानका पाँचजना प्रशिद्ध नेल आर्टिस्टहरू हारु, मियानो, कानाको, माइको र ओकीलाई ५० भन्दा बढी स्थानीय नेल व्यवसायीसँग एउटै मञ्चमा राखेर सेमिनार सम्पन्न भएको हो ।
सेमिनार पप्पअप नेपाल र प्रिटी नाइल तथा द नाइल स्टुडियो बाई सिरपद्वारा आयोजना गरिएको हो ।
जापानी विशेषज्ञको प्रत्यक्ष मार्गदर्शन रहेको सेमिनारमा जापानी नेल आर्ट शैलीको विस्तृत परिचयसँगै, सहभागीहरूले सफाइका अभ्यास, डिजाइनका सुक्ष्म तरिका र जटिल हस्तनिर्मित नेल स्टिकर बनाउने सिप सिकाइएको थियो ।
तालिममा नेल तयारी, उपकरणको स्याहार, डिजाइनको आधारभूत सिपदेखि उन्नत कार्यशालासम्म समेटिएको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२ १७:५४
प्रतिक्रिया दिनुहोस्