site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सोक्ला भ्यालीमा रक क्लाइम्बिङ महोत्सव, सक्सेस लामाले जिते उपाधि

काठमाडौं । दोलखामा आयोजित 'सोक्ला रक क्लाइम्बिङ महोत्सव तथा प्रतियोगिता–२०८२'को उपाधि सक्सेस लामाले जितेका छन् । एक मिनेट १५ सकेन्डमा ३० मिटरको रक आरोहण गरेर लामाले उपाधि जितेका हुन् ।

रोशन रसाइली दोस्रो भएका छन् । उनले एक मिनेट ३० सेकेन्डमा आरोहण गरे ।

प्रतियोगितामा पुजन श्रेष्ठ तेस्रो तथा भरत कार्की सान्त्वना भए ।

सोक्ला भ्यालीलाई साहसिक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक सोक्लाश्वरी पर्यटन विकास समाजले जनाएको छ ।

वैशाख २० र २१ गते भएको प्रतियोगितामा हिमाल आरोही, नेपाल स्काउट, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल गरी १०३ जना सहभागी भएको पर्यटन समाजका अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro