
काठमाडौं । लिपमोटरले लगातार दोस्रो महिना पनि चीनको नम्बर १ एनईभी स्टार्टअप कम्पनीको स्थान कायम राखेको छ । नेपालमा लिपमोटर सवारीसाधनको एक मात्र अधिकारिक आयातकर्ता सांग्रिला मोटर्सका अनुसार लिपमोटरले फेरि एकपटक सबैलाई पछि पार्दै ४० हजारभन्दा बढी सवारीसाधन डेलिभरी गरेको हो ।
लिपमोटरले ४१ हजार ३९ सवारीसाधन डेलिभर गरेको बताइएको छ । प्रकाशित तथ्यांकअनुसार अप्रिल महिनामा ४० हजारभन्दा बढी डेलिभरी गर्न सफल भएको एनईभी स्टार्टअप लिपमोटर नै थियो । जनवरीदेखि अप्रिलसम्म लिपमोटरले जम्मा एक लाख २८ हजार ५९१ सवारीसाधन डेलिभर गरिसकेको बताइएको छ ।
सांग्रिला मोटर्स प्रा. लि. ले यस उपलब्धिमा गर्व व्यक्त गर्दै नेपालमा प्रमुख ईभी विक्रेता बन्ने आफ्नो प्रतिबद्धता प्रस्तुत गरेको छ । सांग्रिला मोटर्स गोल्छा अर्गनाइजेसनको सदस्य हो । सांग्रिला मोटर्स प्यूजो, सिट्रोएन र लिपमोटरको एकमात्र आधिकारिक आयातकर्ता हो ।