site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पुलिसलाई हराउँदै इरानी टोलीले जित्यो प्रथम लायन्स कप भलिबलको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लबलाई हराउँदै इरानी टोलीले पोखरामा भएको प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनल खेलमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै इरानी टोलीले उपाधि जितेको हो ।

पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको इरानी टोलीले दोस्रो सेट २४–२६ ले गुमाएको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै इरानी टोलीले उपाधि रक्षा गर्‍यो । इरानले तेस्रो सेट २५–१८ र चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको हो । उपाधि जितेको इरानी टोलीले चार लाख ४४ हजार ४४४ हात पार्‍यो । उपविजेता बनेको दुई लाख ४४ हजार ४४४ मा चित्त बुझायो ।

यसअघि सशस्त्र प्रहरी बल (एपीएफ)लाई ३–१ को सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबलले तेस्रो स्थान हासिल गरेको थियो । पहिलो सेट २९–२७ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको आर्मीले तेस्रो सेट एपीएफलाई सुम्पिएको थियो । तेस्रो सेट २२–२५ ले गुमाएको आर्मीले चौथो सेट २५–२३ ले जित निकाल्दै तेस्रो हुन सफल भयो । तेस्रो हुने आर्मीले एक लाख ४४ हजार ४४४ प्राप्त गर्‍यो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  २०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro