site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजेन्द्र लिङ्देनको ‘आरोप’पछि दोस्रोपटक पक्राउ परेका महतो...

काठमाडौं । प्रहरीले तीनकुने घटनामा संलग्न रहेको आरोप लागेका दुई जनालाई थुना बाहिर राखेरै अनुसन्धान गर्ने भएको छ । उनीहरुलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिने र पछि मुद्दा दायर गरिने प्रहरीले जनाएको छ । 

सिरहाका १९ वर्षीय दिनेश महतोसहित कृष्ण बस्नेतलाई सोमबार थुनामुक्त गरिएको काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । प्रहरीले अपराधिक उपद्रव गर्ने २३ जनालाई पनि यसअघि नै थुनाबाहिर नै राखेर मुद्दा चलाउने गरी अनुसन्धान थालेको थियो । 

सोमबार थप दुई जनालाई पनि छाडिएको हो । तर, अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार दिनेशलाई भने प्रहरीले दोस्रोपटक पक्राउ गरेर छाडेको खुलेको हो ।

यसअघि पनि उनलाई पक्राउ गरिएको थियो ।

तर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले संसद्मा एक जना कांग्रेस सह–महामन्त्रीका छोरा पक्राउ गरेर सुटुक्क छाडिएको आरोप लगाएपछि महतो दोस्रोपटक पक्राउ परेका थिए । महतो सहमहामन्त्रीका छोरा भने होइनन् ।

बानेश्वरस्थित लिभरपुल कलेजमा अध्यनरत महतो दोस्रो पटक पक्राउ परेपछि आइतबारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा काठमाडौं प्रहरी परिसरबाट नै दिएका थिए । 

आइतबारको परीक्षामा उनीबाहेक विभिन्न कसुरका अन्य पाँचजनाले समेत परीक्षा दिएका थिए ।

परीक्षामा दिनेहरूमा महतोसहित धादिङका सरोज थापा, नुवाकोटका सिमन घले, सिन्धुपाल्चोकका दावा शेर्पा र स्याङ्जाका सौगातकुमार विक छन् । त्यस्तै एकजना भारतीय नागरिक छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro