site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
९५ लाखसहित पक्राउ परेकामाथि हुन्डी कारोबार कसुरमा मुद्दा, कति रकम बोकेर हिँड्न मिल्छ ?
फाइल तस्बिर ।

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आइतबार साँझ ९५ लाख १७ हजार ५०० रुपैयाँसहित चारजनालाई नियन्त्रणमा लियो । प्रहरीले काठमाडौं महानगरपालिका–९, पिंगलास्थानस्थित पशुपति भिजन अगाडिबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
 
उनीहरूको साथबाट बरामद गरिएको रकमको स्रोत नखुलाउन नसकेपछि अवैध रकम (हुन्डी)को रहेको आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको परिसरका एसपी अपीलराज बोहराले जानकारी दिए । दुईवटा मोटरसाइकल शंकास्पद अवस्थामा गुडिरहेको सूचनाका आधारमा प्रहरीले जाँच गर्दा उनीहरूको साथबाट रकम नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौंको तार्केश्वर नगरपालिका–३, फेदी घर भएका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोसी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङको दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ र सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे छन् ।

यसअघि गएको पुसमा काठमाडौं प्रहरीकै विशेष टोलीले काठमाडौं–९ मै पर्ने शम्भुमार्गस्थित सडकमा रोकेर राखेको प्रदेश ३–०१–०२२ च १९७२ नम्बरको सेतो रङको हुन्डाई कम्पनीको क्रेटा कारबाट ६८ लाख रुपैयाँ बरामद गरेको थियो ।

त्यतिबेला प्रहरीले काठमाडौं–१० घर भएका १८ वर्षका अवाद सिंह, काठमाडौं दोभानका ४६ वर्षीय राजकुमार माली, झापाको अर्जुनधारा नगरपालिका–७ का ३२ वर्षीय प्रवेशकुमार पौडेल, झापाकै बिर्तामोड नगरपालिका–५ का २७ वर्षीय युवराज सुवेदीलाई पक्राउ गरेको थियो ।

उनीहरूलाई प्रहरी वृत्त गौशालाले हुन्डी कारोबार गर्न नहुने कसुरमा अनुसन्धान गरेको थियो । मुलुकी फौजदारी अपराध संहिता २०७४ को १२५ को (क) मा हुन्डीसम्बन्धी कारोबार गर्ननहुने उल्लेख छ ।

हुन्डी कारोबारीलाई एक वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । अपराध संहिता आएपछि भने हुन्डी कसुरमा प्रहरीले अनुसन्धान गर्न थालेको हो । यसअघि भने स्रोत नखुलेको रकमको अनुसन्धान राजस्व अनुसन्धान विभागले गर्दै आएको थियो ।

काठमाडौंका एसपी बोहराका अनुसार, आइतबार बरामद भएको रकम हुन्डीमार्फत भित्रिएको खुलेको छ । राष्ट्र बैंकको नियम अनुसार, ९ लाख ९९ हजार ९९९ रुपैयाँभन्दा बढी रकम बैंकमा जम्मा गर्दा भने स्रोत खुलाउनुपर्ने हुन्छ ।

एसपी बोहराका अनुसार, सामान्यतयाः १० लाखभन्दा कम रुपैयाँ बोकेर हिँड्न मिल्छ । तर, कुनै आपराधिक योजनाका लागि १० लाखभन्दा कम रुपैयाँ पनि बोकेको खुल्यो भने कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro