site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दक्षिण एसियाबाट विश्व बजारमा सीजी हस्पिटालिटीको उपस्थिति

काठमाडौं । सिजी हस्पिटालिटीले फिलिपिन्सको प्रख्यात ‘द फार्म एट सान बेनिटो’लाई अब मेरियट इन्टरनेसनलसँगको सहकार्यमा ‘अटोग्राफ कलेक्सन’ रिसोर्टमा रूपान्तरण गर्ने घोषणा गरेको छ । रूपान्तरणसहित रिसोर्ट सन् २०२५ को तेस्रो त्रैमासिकको अन्त्यसम्म सञ्चालनमा आउने छ ।

नयाँ सहकार्यले सिजी हस्पिटालिटीले स्वास्थ्य तथा जीवनशैली केन्द्रित गन्तव्यहरूलाई विश्वभर विस्तार गर्दै आएको प्रतिबद्धतालाई थप सशक्त बनाएको बताइएको छ। हाल कम्पनीसँग १२ देशका १२७ गन्तव्यमा १९३ भन्दा बढी होटेल र रिसोर्टहरू छन् ।

५२ हेक्टरमा फैलिएको ‘द फार्म एट सान बेनिटो’ फिलिपिन्सको पहिलो अटोग्राफ कलेक्सन रिसोर्ट हुने कम्पनीले जानकारी दिइएको छ । ७० भिल्ला, अत्याधुनिक मेडिकल वेलनेस सेन्टर र समग्र उपचार पद्धतिसहितको यो रिसोर्ट स्वास्थ्यकेन्द्रित पर्यटनको बढ्दो मागलाई सम्बोधन गर्न तयार गरिएको बताइएको छ ।

सिजी होस्पिटालिटीले यसअघि नेपालमा मिराया वेलनेस एन्ड गोल्फ रिसोर्टजस्ता परियोजनामार्फत वेलनेस पर्यटनमा आफ्नो सशक्त उपस्थिति बनाइसकेको छ ।

सीजी हस्पिटालिटीले पहिलो लगानी श्रीलंकामा गरे पनि यसको सपना र आधार नेपालमै रहेको हो । सीजी कर्प ग्लोबलको आतिथ्य कम्पनी सीजी हस्पिटालिटी हाल विश्वस्तरको आतिथ्य ब्रान्डको रूपमा चिनिन्छ ।

“मेरियट इन्टरनेसनलसँगको यो सहकार्यले वेलनेस हस्पिटालिटीको परिभाषा पुनः लेख्ने हाम्रो यात्रामा अर्को महत्त्वपूर्ण पाइला थपेको छ । ‘द फार्म एट सान बेनिटो’ वेलनेसको क्षेत्रमा विश्वप्रसिद्ध नाम हो, र हामी यसलाई अझ उचाइमा पुर्‍याउने लक्ष्यसहित मेरियटसँग मिलेर अगाडि बढिरहेका छौँ । सीजी होस्पिटालिटीको यात्रा दक्षिण एसियाबाट सुरु भए पनि हामी आज एक विश्वव्यापी कम्पनी हौं,” सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देसक राहुल चौधरीले भने । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro