देश

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले वैदेशिक रोजगारीको बहानामा ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।
क्रोएसिया पठाइदिन्छु भनेर तीन लाख ७५ हजार ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंको शंखरापुरका राजिन स्याङ्तानलाई पक्राउ गरेको हो ।
स्याङ्तान काठमाडौंको बौद्धबाट आइतबार पक्राउ परेका हुन् । निजलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२ २०:४६
प्रतिक्रिया दिनुहोस्