देश

काठमाडौं । काठमाडौं महानगरपालिका–९ पिंगलास्थानस्थित पशुपति भिजन अगाडि स्रोत नखुलेको रकमसहित चारजना पक्राउ गरेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार, स्रोत नखुलेको ९५ लाख १७ हजार ५०० रकम बरामद गरिएको हो ।
दुईवटा मोटरसाइकलमा शंकास्पद अवस्थामा सवार उनीहरूलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौंको तार्केश्वर नगरपालिका–३, फेदी घर भएका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोसी नगरपालिका– १ का ४३ वर्षीय गणेश राई, लमजुङको दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ र सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२ २१:२६
प्रतिक्रिया दिनुहोस्