देश

काठमाडौं । नेपाल प्रहरीका सात प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ । आइतबारको गृहमन्त्रीस्तरीय निर्णयानुसार डीआईजी सरुवा गरिएको हो ।
सरुवासँगै ६ वटा प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् ।
कोसी प्रदेशमा इश्वर कार्की, मधेस प्रदेशमा उमाप्रसाद चतुर्वेदी, वाग्मती प्रदेशमा अरुण पौडेल र गण्डकी प्रदेशमा दिनेश कुमार आचार्यलाई सरुवा गरिएको छ ।
त्यस्तै, लुम्बिनी प्रदेशको प्रहरी प्रमुखमा राजेन्द्रप्रसाद भट्ट, सुदूरपश्चिम प्रदेशमा डम्बरबहादुर विक र केन्द्रीय अनुसन्धान ब्युरोमा गोविन्द थपलियालाई सरुवा गरिएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२ २०:५४
प्रतिक्रिया दिनुहोस्