site stats
बाह्रखरी :: Baahrakhari
विदेश
प्रहरीको डरले शरीरको ट्याटु हटाउँदै कश्मीरका भारतीय

काठमाडौं । भारतनियन्त्रित कश्मीरमा हजारौँ मानिसले भारतको भारतीय नियन्त्रणलाई विरोध गर्दै आफ्नो शरीरमा खोपिएको ट्याटु हटाउने क्रम चलेको छ । उनीहरूले यसअघि आफ्नो शरीरमा असल्ट राइफल डिजाइन समावेश भएका ट्याटुहरू खोपेका थिए । 

गत हप्ता कश्मीरमा पर्यटकमाथि भएको आतंककारी आक्रमणपछि प्रहरीले दुःख दिने डरले ट्याटु हटाउने क्रम चलिरहेको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कश्मीरमा लेजर क्लिनिक सञ्चालन गरेर बसेका बासित बशीरले हरेक दिन एक सयजनासम्म मानिस विशेषगरी पुरुषहरू आउने गरेको बताएका छन् । उनको क्लिनिक जम्मु–कश्मीर राज्यको राजधानी श्रीनगर सहरमा छ ।

ट्याटु हटाउन आउने मानिसको शरीरमा एके–४७ राइफलदेखि विभिन्न इस्लामिक संकेत झल्किने प्रतीकहरू जस्तैः अर्धचन्द्रसम्मका डिजाइन हटाउन आउने गरेको बशीरले बताए ।

“मैले एक हजारभन्दा बढी युवाको हात र घाँटीबाट एके–४७ र त्यस्तै प्रकारका ट्याटु लेजर प्रविधिद्वारा सुरक्षित रूपमा हटाएको छु,” एएफपीसँग श्रीनगरको पुरानो बजारमा रहेको आफ्नो क्लिनिकमा कुरा गर्दै बशीरले भने ।

मुस्लिमबहुल कश्मीर १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि भारत र पाकिस्तानबीच विभाजित छ । दुवै देशले यो विवादित क्षेत्रलाई आफ्नो भनेर दाबी गर्छन् ।

भारतीय प्रहरीले कश्मीरमा आक्रमण गरेको आरोपमा तीनजनामाथि वान्टेड जारी गरेको छ । प्रहरीले ती हमलाकारी लश्कर–ए–तैयबा आतंकवादी समूहका सदस्य भएको दाबी गरेको छ ।

भारतले उक्त आक्रमणमा पाकिस्तानको हात रहेको बताएको छ, तर पाकिस्तानले यसमा आफ्नो सरकारको हात रहेको कुरा अस्वीकार गरेको छ ।
 
“कश्मीरको पहलगामको घटनापछि, अर्धचन्द्र वा एके–४७ खोपिएको ट्याटु हटाउन आउने मानिसहरूको संख्या बढेको छ,” २८ वर्षीय बशीरले भने, “यो हप्ता एके–४७ ट्याटु खोपेका एकजना युवा उनका साथीले हटाउन भनेको भन्दै मेरो क्लिनिकमा आएका थिए, किनभने अहिलेको अवस्था धेरै संवेदनशील छ ।”

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १३:५३
प्रतिक्रिया दिनुहोस्