site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायलको दाबी– तेहरानको हवाई क्षेत्र नियन्त्रण लियौँ, एकतिहाइ मिसाइल नष्ट गर्‍यौँ

काठमाडौं । इजरायली सेनाका प्रवक्ताले इजरायलले तेहरानमाथि पूर्ण हवाई नियन्त्रण हासिल गरेको दाबी गरेका छन् ।

पत्रकार सम्मेलनमा ब्रिगेडियर जनरल एफी डेफ्रिनले भने, “हामीले इरानी सत्ताको जमिनबाट जमिनमा प्रहार गर्ने मिसाइल प्रक्षेपण प्रणालीको एकतिहाइ नष्ट गरिसकेका छौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इजरायलले आफ्नो पहिलो हमला गरेयता अहिलेसम्म १२० भन्दा बढी मिसाइल प्रक्षेपक नष्ट गरिसकेको उनको भनाइ छ । जुन इरानसँग भएको कुल संख्याको एकतिहाइ हो ।

डेफ्रिनले भने, “हामीले हिजो रातिमात्र २० भन्दा बढी प्रक्षेपक नष्ट गर्‍यौँ, जुन इजरायलतिर मिसाइल प्रक्षेपण गर्न तयार भइरहेको थियो ।”

उनले इजरायलले मध्य इरानको इस्फाहानमा लगभग १०० सैन्य लक्ष्यमा हमला गरेको र त्यसमा ५० लडाकु जहाज तैनाथ गरेर मिसाइल भण्डारण सुविधा, प्रक्षेपक र कमान्ड केन्द्रलाई निसाना बनाइएको बताए ।

बीबीसीबाट ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्