site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिवि क्रिकेट मैदानलाई आधुनिकस्तरको क्रिकेट मैदानमा रूपान्तरण गरिने
फाइल तस्बिर ।

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्ने घोषणा गरेको छ ।

सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनले रंगशाला लगायतका खेलकुद पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था मिलाइने बताए । खेलकुदलाई निजी क्षेत्रका संस्थागत, सामाजिक र उत्तरदायित्वसँग जोडिने उनको भनाइ छ ।

उनले अन्तर्राष्ट्रिय पदकप्राप्त खेलाडी र उनीहरूका सन्ततिहरूलाई अध्ययनको लागि छात्रवृत्तिको व्यवस्था मिलाइने समेत बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro