site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मृतकको परिवार र राजदूतावासलाई घटनाबारे प्रहरीले गर्‍यो खबर 

काठमाडौं । भारतको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालय नेपाली विद्यार्थीका लागि असुरक्षित बन्दै गएको छ ।

स्थानीय प्रहरी घटनास्थलमा पुगेर शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको छ । शव पोस्टमार्टमका लागि त्यहाँको एम्स अस्पताल पठाइएको हो । 

भुवनेश्वर–कटक प्रहरी आयुक्त सुरेश देव दत्त सिंहले घटनामा विस्तृत अनुसन्धान गरिने बताए । उनका अनुसार वैज्ञानिक टोलीले घटनास्थलमा पुगेर सम्पूर्ण विवरण संकलन गरेको छ । 

प्रहरीले छात्राको परिवार र नेपाल राजदूतावासलाई घटनाको जानकारी दिएको छ । 

घटनापछि ओडिसा सरकारले मृतक छात्राको परिवारप्रति समवेदना व्यक्त गरेको छ । सरकारी अधिकारीहरूका अनुसार, विश्वविद्यालयले छात्राका आमाबुवालाई तत्काल घटनाको जानकारी दिएको छ । 

राज्य सरकारले दोषीलाई आवश्यक कारबाही गरिने आश्वासन दिएको छ । प्रहरी आयुक्त र राजस्व विभागीय आयुक्तलगायत वरिष्ठ अधिकारीहरूले घटनाको कारण पत्ता लगाउन र आवश्यक कदम चाल्न घटनास्थल पुगेका छन् ।

यो घटनाले विद्यार्थीको सुरक्षा र यस्तो दुर्घटना रोक्न गरिएका उपायहरूबारे चिन्ता बढाएको छ । विश्वविद्यालय प्रशासन र प्रहरीमा यस घटनामा गम्भीर अनुसन्धान गरी भविष्यमा यस्तो घटना नदोहोर्‍याउने उपायहरू तत्काल लागु गर्न दबाब परेको भारतको रिपब्लिक वर्ल्ड अनलाइनले जनाएको छ ।

कम्प्युटर विज्ञानकी प्रथम वर्षकी छात्रा प्रिशा शाह क्याम्पसभित्रको होस्टेलमा मृत अवस्थामा फेला परेकी हुन् । उनले आत्महत्या गरेको बताइएको छ । 

भारतीय प्रहरीका अनुसार हेस्टेलको १११ नम्बर कोठामा झुन्डिएको अवस्थामा प्रिशाको शब प्रहरीले बरामद गरेको छ । बिहीबार साँझ प्रहरीले आत्महत्या सम्बन्धी जानकारी पाएपछि तत्काल अनुसन्धान सुरु गरेको थियो ।
 
यस्तै घटना नेपाली विद्यार्थीमाझ क्याम्पसभित्र तीन महिनाभित्र दोस्रोपटक घटेको हो । यसअघि गत फागुन ४ मा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टेलमा मृत फेला परेकी थिइन् । प्रकृतिले आफ्नो पूर्वप्रेमीद्वारा यौन उत्पीडन र ब्ल्याकमेलको आरोपमा आत्महत्या गरेकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  ०६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro