site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाँच दिनको प्रशिक्षणका निम्ति नेपाली टिम मनाङमा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम पाँच दिनको प्रशिक्षणका निम्ति मनाङ पुगेको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहका अनुसार एएफसी एसियन कप छनोटअन्तर्गतको खेल र मैत्रीपूर्ण फुटबलको तयारीका निम्ति नेपाली टिम मनाङ पुगेको हो ।

“नेपाली टिम आज मनाङ पुगेको हो । एसियन कप छनोट र मैत्रीपूर्ण फुटबलको तयारीका निम्ति त्यहाँ टिमले पाँच दिन प्रशिक्षण गर्ने तालिका छ,” शाहले बाह्रखरीसँग भने ।

नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा हङकङविरुद्ध जुन ५ मा खेल्ने तालिका छ । त्यसपछि नेपाली टिम एएफसी एसियन कप छनोटका निम्ति लाओस जानेछ । त्यहाँ नेपाली टिमले घरेलु टोलीसँग जुन १० मा प्रतिस्पर्धा गर्ने तालिका छ ।

यसअघि छनोटको पहिलो खेलमा नेपालले मलेसियासँग २–० को हार बेहोरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro