site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शाओमी १४टी सार्वजनिक, उच्चस्तरीय फोटोग्राफी मुख्य विशेषता

काठमाडौं । शाओमीले आफ्नो नयाँ प्रिमियम स्मार्टफोन ‘शाओमी १४टी’ सार्वजनिक गरेको छ । प्रसिद्ध क्यामेरा निर्माता लाइकासँगको सहकार्यमा तयार पारिएको यो स्मार्टफोनमा मोबाइल फोटोग्राफीलाई नयाँ स्तरमा पुर्‍याउने दाबी गरिएको छ ।

शाओमी १४टी मा ५० मेगापिक्सेलको लाइका सुम्मिलक्स मुख्य क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रा–वाइड लेन्स र ५० मेगापिक्सेलको टेलिफोटो क्यामेरा समावेश गरिएको छ ।

सोनी आईएमएक्स ९०६ सेन्सरसँग सुसज्जित क्यामेरा प्रणालीले गुणस्तरको तस्बिर खिच्न सक्ने कम्पनीको दाबी छ ।

फोनमा मिडियाटेकको डाइमेन्सिटी ८३००–अल्ट्रा चिपसेट प्रयोग गरिएको छ, जुन ४ न्यानोमिटर प्रविधिमा आधारित छ । यसले उच्च प्रदर्शनसँगै ऊर्जा खपतमा समेत सन्तुलन ल्याउने कम्पनीको भनाइ छ ।

६.६७ इन्चको १४४ हर्ज एएमोएलईडी डिस्प्ले रहेको यो फोन चार हजार निट्सको पिक ब्राइटनेस र १.५के रिजोल्युसनसहित उपलब्ध छ । फोन आईपी–६८ वाटर एन्ड डस्ट रेसिस्टेन्ट डिजाइनमा निर्माण गरिएको छ ।

यसमा पाँच हजार मिलिअम्पियरआवर (एमएएच) ब्याट्री जडान गरिएको छ, जसलाई ६७ वाटको हाइपरचार्ज प्रविधिबाट ४५ मिनेटमै पूर्ण चार्ज गर्न सकिन्छ ।

फोनमा समावेश कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिले तस्बिर पहिचान, पृष्ठभूमि अनुकूलन र ब्याट्री उपयोग सुधार गर्ने कम्पनीको दाबी छ ।

शाओमी १४टी ले ६० फ्रेम प्रतिसेकेन्डमा फोरके भिडियो रेकर्डिङ सपोर्ट गर्छ । साथै, सिनेम्याटिक ब्लर, र्याक फोकस र लाइका शैलीका कलर फिल्टरले प्रयोगकर्तालाई फिल्म निर्माणको अनुभव दिने कम्पनीको दाबी छ ।

शाओमीका अनुसार, यो उपकरण केवल स्मार्टफोन नभइ एउटा फोटोग्राफी हेरिटेज बोकेको उपकरण हो । लाइकासँगको सहकार्यले यसलाई पारम्परिक फोटोग्राफीको आत्मा र प्रविधिको संयोजन बनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro